नेपाल हिरो गोल्डकपको फाइनलमा

काठमाडौं– भारतको उढिसामा जारि हिरो गोल्डकप फुटबलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली फाइनलमा प्रवेश गरेको छ । भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भएको खेलमा भारतिय राष्ट्रिय महिला फुटबल टोलीले म्यानमारसंग २–० गोलले हार बेहोरेसंगै नेपाले फाइनलमा स्थान बनाउन सफल भएको हो ।

अव नेपालले फाइनखेलमा म्यानमारसंग प्रतिस्पर्धा गर्ने भएको छ । यस अघि भएको खेलमा नेपालले इरानलाई ३–० गोल अन्तरले हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको थियो ।

आज भएको खेलमा नेपालका लागि अनिता बस्नेतले पहिलो हाफमा गोल गर्न सफल भइन । उनले खेलको ४० औ मिनेटमा गिता रानाको पासलाई सदुपयोग गोल गरेकी थिइन ।

त्यस्तै नेपालको लागि दोस्रो हाफको ५९ औँ मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन । सावित्रालेनै खेलको अन्तिम मिनेटमा गोल गर्दै नेपाललाई ३–० गोलको सहज जित दिलाउन सफल भईन ।

चार टोली सहभागि प्रतियोगिताका नेपाल शीर्ष दुई टिममा पर्न सफल भएको छ ।

जारी प्रतियोगितमा फाइनल प्रवेस गरेको म्यानमार ९ अंक सहित शीर्ष स्थानमा आफ्नो नाम स्थापित गर्दै फाइनलमा स्थान बनायो । त्यस्तै नेपाल ६ अंक सहित दोस्रो हुदै फाइनमा म्यानमारसंग प्रतिस्पर्धिका लागि तयार भयो ।

उता भारत ३ अंक सहित तेस्रो स्थानमा चित्त बुझायो भने ईरान अंक विहिन हुदै प्रतियोगिताबाट बाहिरियो ।

 

फोटो : एन्फा

२०७५ फाल्गुन १, बुधबार मा प्रकाशित

Leave a Comment