दिदिबहिनी कप राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

काठमाडौं–दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । बुधवारको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले होङगान्जी न्युडायमण्डलाई ३–१ को सेटमा हराउँदै लगातार दोश्रो पटक च्याम्पियन बन्न सफल भयो ।

पर्बतको कुश्मा बजारमा भएको फाईनल खेलमा एपीएफले होङगान्जी न्युडायमण्डमाथी २५–१८,२६–२४,२१–२५ र २५–२१ को जित निकाल्यो ।

एपीएफले यो सिजनमा खेलेका १० प्रतियोगिता मध्ये उपाधि जितेको यो नवौँ पटक हो। एभिएलमा भने एपीएफ चितवर्न टाईग्रर्ससग फाईनलमा पराजित भएको थियो ।

एपीएफका प्रशिक्षक ज्ञानेन्द्र बिष्टले स्पाईकर र ब्लकमा उत्कृष्ट प्रदर्शन गरेका कारण उपाधि जित्न सफल भएको बताए ।

होङगान्जी न्युडायमण्डका प्रशिक्षक कुमार राईले कडा प्रतिस्पर्धाका बीच खेल गुमाएको बताए। ‘उत्कृष्ट प्रदर्शनका बाजुद मेहनतलाई नतिजा परिणत गर्न सकेनौँ ।’ राइले भने ।

 

विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरु

सरस्वती चौधरी (एपीएफ) : सर्वोकृष्ट खेलाडी

विधागततर्फ होङगान्जी न्युडायमण्डका खेलाडीको वर्चस्व रह्यो।

प्रतिभा माली (न्युडायमण्ड) : उत्कृष्ट स्पाईकर

अनिसा सुनुवार (न्युडायमण्ड) : उत्कृष्ट सेटर

सलिना श्रेष्ठ (न्युडायमण्ड) : उत्कृष्ट डिफेन्स

ललिता नाथ (न्युडायमण्ड): उत्कृष्ट ब्लकर

झरना श्रेष्ठ (न्युडायमण्ड) : उत्कृष्ट सर्भर

ज्ञानेन्द्र बिष्ट (एपीएफ) : उत्कृष्ट कोच

२०७५ फाल्गुन १, बुधबार मा प्रकाशित