रियलको जितमा बेन्जेमा र एसेन्सियोको गोल

एजेन्सी–स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा संधर्षपुर्ण जित निकाले को छ ।
बुधबार राति भएको खेलमा साविक बिजेता रियल म्याड्रिडले जर्मन क्लव आजाक्सलाई २–१ ले हराएको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा आजाक्सले गोल गरेपनि भीएआरको सहायतामा म्याच रेफ्रीले मान्यता दिएनन् । त्यसपछि दुबै टोलिले पहिलो हाफ बराबरीमा खेले । रियलले दोस्रो हाफमा भने घरेलु टोलीमाथि दबाव बनायो ।

रियलका लागि ६० औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ७५ मिनेटमा हाकिम जिएकले घरेलु टोली आयाक्सकालागि गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याए ।

निकैनै रोमाञ्चक अवस्थामा चलेको खेलमाको तीन मिनेट बाँकि रहदा मार्कोस एसेन्सियोले गोल गर्दै रियललाई २–१ गोलको सहज जित निकाल्न सके । दोस्रो लेगको खेल मार्च ५ मा रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुनेछ ।

२०७५ फाल्गुन २, बिहीबार मा प्रकाशित