डीपीएल-३ : रुपन्देहीको प्ले अफमा पुग्ने लक्ष्य, महेन्द्रनगर पहिलो जितको खोजीमा

धनगढी– जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटमा आज (बिहिबार) बिभिन्न दुई खेल हुदैछन् । आज हुने खेलहरुमा रुपन्देही च्यालेन्जर्सले सिवाईसी अत्तरिया को सामना गर्ने छ ।

आजनै हुने अर्काै खेलमा विराटनगर किंग्सले महेन्द्रनगर युनाइटेडसंग प्रतिस्पर्धा गर्ने छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा लिग चरणको पहिलो स्थानमा रहेको रुपन्देहीले अत्तरियाको सामना गर्ने भएको छ ।

आजको खेलमा रुपन्देहिले जित निकाल्न सकेका सिधै प्ले अफमा पुग्ने छ । तर, रुपन्देहिलाई सिधै प्ले अफमा पुग्न सहज छैन । अत्तरीया रुपन्देहीलाई चुनौति दिने योजनामा छ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको रुपन्देही ४ अंक जोडेर पहिलो स्थानमा छ ।

पहिलो खेलमा धनगढीलाई हराएको अत्तरियाले १ खेलबाट २ अंक जोडेको छ । दुबै टोली बिचको खेल बिहान ९ः०० बजे सुरु हुनेछ ।

आजनै हुने अर्काे खेलमा करण केसीको विराटनगरले शरद भेषवाकरको महेन्द्रनगरसंग खेल्नेछन् ।

विराटनगर आजको खेलमा जित निकाल्दै दोस्रो जितको खोजिमा हुनेछ भने महेन्द्रनगर विराटनगरलाई हराएर प्ले अफमा आशा जिउदो राख्ने पक्षमा हुनेछ । दुबै टोलीविचको खेल दिउसो १ः०० बजेबाट सुरु हुनेछ ।

२०७५ फाल्गुन २, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment