दिपन्द्रको अर्ध सतक रुपन्देहीले पायो १ सय २२ रनको लक्ष्य

धनगढी–सिवाईसी अत्तरियाका कप्तान दिपन्द्र ऐरीको उत्कृष्ट प्रदर्शनमा अत्तरियाले रुपन्देहि च्यालेन्जर्सलाई १ सय २२ रनको लक्ष्य दिएको छ ।

फाप्ला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अत्तरियाले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षेतिमा १ सय २१ रन बनाउन सफल भएको हो ।

अत्तरियाका लागि कप्तान दिपेन्द्रले सर्वाधिक ६७ रन को योगदान गरे । उनले ५० बल खेल्दै १० चौका र १ छक्काको सहयोगमा ६७ रन बनाउन सफल भएका हुन् । त्यस्तै सुबेन्दु पाण्डे र रित गौतमले समान १२–१२ रनको योगदान गरे ।

आजको खेलमा कप्तान दिपेन्द्र र रितले डीपीए ३ को हाल सम्मको धेरै उत्कृष्ट साझेदारी गरेका छन् । दुबै जनाले ५७ रनको साझेदारी गरेका हुन् । त्यस बाहेकका अन्य ब्याट्म्यानले दोहोरो रन जोड्न सकेनन् ।

बलिङ तर्फ रुपन्देहिका ललित भण्डारीले सर्वाधिक ३ विकेट लिए । बिक्रम सोबले २ विकेट लिन सफल भए । त्यस्तै कप्तान बसन्त रेग्मी पुनित मेहरा ले समान १-१ विकेट लिन सफल भए ।

२०७५ फाल्गुन २, बिहीबार मा प्रकाशित

Leave a Comment