दिपेन्द्रको उत्कृष्ट प्रदर्शनमा अत्तरीयाको सहज जित

धनगढी–सिवाईसी अत्तरियाका कप्तान दिपेन्द्र ऐरीको उत्कृष्ट प्रदर्शनमा अत्तरियाले रुपन्देहि च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको छ ।

फाप्ला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अत्तरियाले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षेतिमा १ सय २१ रन बनाउन सफल भएको थियो ।

१ सय २२ रनको लक्ष्य पछउने क्रममा रुपन्देहिले २० ओभरमा अल आउट हुदै मात्र ८२ रनमा समेटियो ।

अत्तरीयाका लागि सन्नी पटेलले दिपेन्द्र रावत र भुवन कार्कीले समान २–२ विकेट लिन सफल भए । त्यस्तै कप्तान दिपेन्द्र ऐरी, कमल ऐरीले समान १–१ विकेट लिए ।

ब्याटिङ तर्पm रुपन्देहिका लागि सुमित महर्जनले नट आउट २२ रन बनाउन सफल भए । उनले २२ बलमा १ चौका १ छक्काको सहयोगमा २२ रन बनाएका हुन् । त्यस्तै सन्दिप सुनारले १५ रन जोड्न सफल भए । उनले २७ बल खेल्दै १ चौका र १ छक्काको सहयोगमा १५ रनबनाएका हुन् ।

रुपन्देहिका लागि तथा बिक्रम सोबले १४ र प्रदिप ऐरीले समान १४ रनको योगदान गरे । रुपन्देहिका लागि बिनोद भण्डारीले १० रान बनाउदा बाँकी सबै ब्याट्म्यानले दोहोरो रन बनाउन सकेनन् ।

यस अघि अत्तरियाका लागि कप्तान दिपेन्द्रले सर्वाधिक ६७ रन को योगदान गरे । उनले ५० बल खेल्दै १० चौका र १ छक्काको सहयोगमा ६७ रन बनाउन सफल भएका हुन् । त्यस्तै सुबेन्दु पाण्डे र रित गौतमले समान १२–१२ रनको योगदान गरे ।

आजको खेलमा कप्तान दिपेन्द्र र रितले डीपीए ३ को हाल सम्मको धेरै उत्कृष्ट साझेदारी गरेका छन् । दुबै जनाले ५७ रनको साझेदारी गरेका हुन् । त्यस बाहेकका अन्य ब्याट्म्यानले दोहोरो रन जोड्न सकेनन् ।

बलिङ तर्फ रुपन्देहिका ललित भण्डारीले सर्वाधिक ३ विकेट लिए । बिक्रम सोबले २ विकेट लिन सफल भए । त्यस्तै कप्तान बसन्त रेग्मी र पुनित मेहराले समान १–१ विकेट लिन सफल भए ।

आजको जितसंगै रुपन्देहिको पहिलो हार हो भने अत्तरियाको लागातार दोस्रो जित हो ।

२०७५ फाल्गुन २, बिहीबार मा प्रकाशित

Leave a Comment