सन्दिप लामिछानेको टिम मेलर्बन बिग बासको फाइनलमा

एजेन्सी–नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित टिम मेलबर्न स्टार्स बिग बास लिगको फाइनलमा प्रवेश गरेको छ ।

बिहिबार भएको सेमिफाइनलमा होबर्ट हुरिकेन्सलाई ६ विकेटले पराजित गर्दै मेलबर्नले फाइनमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
अब हुने फाइनल खेलमा मेलबर्नले सिड्नी सिक्सर्स र मेलबर्न रेनेगाड्सबीचको बिजेतासंग पतिस्पर्धा गर्ने छ ।

होबर्ट हुरिकेन्सले दिएको १५४ रनको लक्ष्य मेलबर्नले १८ दशमलब ५ ओभरमा १७ बल बाँकी रहदै पुरा गर्यो । मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले सर्वाधिक ४३ रन बनाए ।

यस्तै सेब गोट्चले नटआउट ३३ रन बनाउँदा पिटर ह्याण्ड्सकम्बले ३५, निक म्याडिस्सन र मार्कस स्टोइनिसले समान १८–१८ रन जोड्न सफल भए ।

बलिङ तर्फ होबर्टका कुईस अहमेदले ३ तथा ज्याफ्रा आर्चरले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको होबर्टले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १५३ रन बनाएको थियो । होबर्टका लागि बेन म्याकडर्ममोटले अर्धशतकीय इनिङस खेल्दै ५३ रन बनाए ।

यस्तै जर्ज बेलीले ३७ र माथ्यु सर्टले ३५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । आजको खेलमा सन्दीपले पुरै ४ ओभर बलिङ ३१ रन खर्चिएर विकेट भने लिन सकेनन् ।

२०७५ फाल्गुन २, बिहीबार मा प्रकाशित

Leave a Comment