नेपालमा पहिलो पटक महिलाको फ्रेन्चाइज क्रिकेट लिग

काठमाडौं – पछिल्लो समय नेपाली पुरुष फ्रेन्चाइज लिगहरुले बडावा पाइरहेको बेला नेपालमा पहिलो पटक महिलाको फ्रेन्चाइज क्रिकेट लिग हुने भएको छ ।

पहिलो पटक हुन लागेको लिगमा लिगमा ५ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । क्विन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा आगामी चैतमा काठमाडौँमा वुमन च्याम्पियन्स लिग डब्लुसिएल आयोजना हुन लागेको हो ।

बिहीवार आयोजकले पत्रकारसम्मलेन गर्दै चैत २२ देखि ३० गतेसम्म कीर्तिपुस्थित टीयू क्रिकेट मैदानमा पलिग गर्ने जानकारी दिएको हो।
आयोजक संस्थाका अध्यक्ष छुम्बी लामाका अनुसार लिगमा नेपालका पाँच शहरका ५ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै खेलाडीहरुको छनोट अक्सन र ड्राफ्टमध्ये कुनै एक बाट गरिने लामाले जानकारी दिए ।

प्रतियोगिता फ्रेन्चाइज शैलीमै हुनेछ । प्रतियोगिताको शहर, टिम र खेल तालिकासहित पुरस्कार रकम भने केही समयपछि सार्वजनिक गरिने उनले जानकारी दिए ।

२०७५ फाल्गुन २, बिहीबार मा प्रकाशित

Leave a Comment