हिरो गोल्डकको फाइनल खेलमा नेपाल म्यानमारसंग भिड्दै

काठमाडौं– भारतको उढिसामा जारि हिरो गोल्डकप फुटबल अन्तरगत नेपाली राष्ट्रिय महिला फुटबल टोली उपाधिका लागि आज  म्यानमारसंग भिड्दै छ । भारतको उडिसास्थित कालिङ्गा रंगशाला हुने खेल नेपाली समय अनुशार साँझ ६ः१५ मिनेटमा सुरु हुनेछ ।

समुह चरणको खेलमा दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको नेपाल आजको खेलमा जित निकाल्दै उपाधि चुम्ने योजनामा हुनेछ । उता लिग चरणमा सत प्रतिशत जित निकालेको म्यानमार नेपालाई हराउने लक्ष्यमा हुनेछ ।

यस अघि लिग चरणको पहिलो खेलमा नेपाल म्यानमारसंग ३-० गोलले पराजित भएको थियो । भारतलाई हराएर ऐतिहासिक जित निकालेको नेपालले फिफा बरियतामा माथिल्लो स्थानमा रहेको म्यानमारको सामना गर्ने भएको हो ।

नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले नेपाल हाल बलियो अवस्थामा भएकाले बरियताले केहि फरक नपार्ने बताए । त्यस्तै कप्ताान निरु थापाले पनि आजको खेलमा जित निकालेर नेपाललाई सफलता दिलाउने बताईन ।

नेपालले समुह चरणको पहिलो खेलमा म्यानमारसंग ३-० गोलले हार ब्यहोरेको थियो भने दोस्रो खेलमा इंरानलाई २-१ गोलले पराजित गरेको नेपालले समुह चरणको अन्तिम खेलमा भारतलाई ३-० गोलले पराजित गरेको थियो ।

समुह चरणका दुई खेलमा ४ गोल गरेकि नेपाली खेलाडी सावित्रा भण्डारीले आजको खेलमा पनि गोल गर्दै सर्वाधिक गोल कर्ताको सुचिमा आफ्नो नाम राख्ने बताए ।

२०७५ फाल्गुन ३, शुक्रबार मा प्रकाशित