नेपाल र म्यानमारबिच उपाधि भिड्न्त पहिलो हाफ बराबरीमा

काठमाडौं– नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतमा जारी हिरो महिला फुटबलको उपाधि भिड्न्तको पहिलो हाफमा म्यानमारसँग बराबरी खेलेको छ । नोपलले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै पहिलो हाफमा १–१ को बराबरी खेलेको हो ।

पहिलो हाफमा ३८ औं मिनेटमा पछि परेको अवस्थालाई उल्टाउँदै नेपाल गाले गर्न सफल भएको हो ।

३८ औं मिनेटमा म्यानमारले सुरुवाती अग्रता लिएका थियो । तर, पहिलो हाफको अन्तिम मिनेटमा नेपालकी मन्जली कुमारी योञ्जनले गोल गर्दै टोलीलाई खेलमा फर्काएकी हुन् । नेपालले यसअघि म्यानमारसँगको पहिलो भेटमा ३–० ले पराजित भएको थियो ।

२०७५ फाल्गुन ३, शुक्रबार मा प्रकाशित

Leave a Comment