काठमाडौं– नेपाली महिला राष्ट्रिय फुटबल टोली हिरो गोल्डकपको उपाधि उचाल्नबाट बञ्चीत भएको छ । गोल्डकपको पहिलो खेलमा म्यानमारसंग पराजित भएको नेपाल अन्तिम खेलमा पनि म्यानमारसंगै पराजित हुदै उपाधि उचाल्नबाट बञ्चीत भएको हो ।
भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपालले पहिलो खेलमा म्यानमारसंग ३–० हार ब्यहोरेको थियो । दोस्रो खेलमा इंरानलाई २–१ ले पराजित गर्दै नेपालले पुन उपाधि होडमा आफुलाई बलियो बनाएको थियो ।
नेपालले लिग चरणको अन्तिम खेलमा भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै ऐतिहासीक जित निकालेको थियो ।
आज भएको फाइनल खेलमा भने नेपाल म्यानमारसंग पराजित हुन पुगेको छ ।
शुक्रबार भारतको कालिंगा स्टेडियममा सम्पन्न फाइनल खेलमा खेलमा म्यानमारसंग ३–१ गोलले पराजित भएको हो । पहिलो हाफ बराबरी खेलेको नेपालले दोस्रो हाफमा थप दुई गोलले पछि परेको थियो ।
म्यानमारका लागि ३५ औं मिनेटमा यी यी ओले गोल गरेकी हुन् । ओलेलेनै खेलको ६३ औँ मिनेटमा अर्काे गोल गर्दै टोलीलाई जित दिलाउन सफल भईन । यस अघि म्यानमारका लागि विन थेङगीले ५३ मिनेटमा दोस्रो गोल गरेकि थिइन ।
यता नेपालका लागि पहिलो हाफको अन्तिम मिनेटमा मन्जली कुमारी योञ्जनले गोल गरेकि थिइन ।
प्रतियोगिताको फाइनलमा नेपाल पराजित भए पनि समुह चरणमा भारतलाई पहिलो पटक पराजित गर्दै ऐतिहासीक सफलता भने हात पार्न सफल रह्यो। त्यस्तै नेपालकी सावित्रा भण्डारीले उत्कृष्ट प्रदर्शन गर्न पनि सफल भइन् जसले सर्वाधिक गोलकर्ताको पुरस्कार पाएकि छन्। उनले कुल ४ गोल गरिन् जुन क्रममा भारत र ईरानसंग २-२ गोल गरेकी थिईन्।