साबित्रा हिरो गोल्डकपको सर्वाधिक गोलकर्ता

काठमाडौं–नेपाली राष्ट्रिय महिला फुटबल टोली की खेलाडी साबित्रा भण्डारी भारतमा सम्पन्न हिरो गोल्डकपको सर्वाधिक गोलकर्ता बन्न सफल भएकी छन् ।

शुक्रबार उढिसाको कालिङगा रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाल म्यानमारसंग पराजित भएपनि साबित्राले सर्वाधिक गोलकर्ताको पुरस्कार पाएकी हुन् ।

समुह चरणका खेलहरुमा इरान र भारतलाई पराजित गर्दा उनले समान २/२ गोल गरेकी थिइन् । प्रतियोगितामा समान ४ गोल गरका म्यानमारकी यि यि ओले पुरस्कार बाडेकी हुन् ।

दोस्रो र तेस्रो खेलमा चम्किएकी सावित्राले फाईनल खेलमा भने गोल गर्न असफल भइन। म्यानमारकी ओले अन्तिम खेलमा २ गोल गर्दै सावित्राको गोल संख्या सङ्गग  बराबरी गर्न सफल भएकी थिइन ।

गोल मेसिनको उपनामले चिनिने साम्बा अर्थात साबित्राले नेपाली राष्ट्रिय टोलीका लागि धेरै गोल गरिसेकेकी छन् ।सर्बाधिक गोलकर्ताले पाएको १ लाख रुपैयाँ दुई खेलाडीले बाँडेका हुन् ।

साबित्रा बाहेक विधागत रुपमा कुनै पनि नेपाली खेलाडीले पुरस्कार जित्न भने सकेनन् । गोल्डकपको पहिलो खेलमा म्यानमारसंग पराजित भएको नेपाल अन्तिम खेलमा पनि म्यानमारसंगै पराजित भएपछी उप-बिजेतामा सिमित भएको हो।

२०७५ फाल्गुन ३, शुक्रबार मा प्रकाशित

Leave a Comment