महिला बिश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं–आईसीसी महिला विश्वकप छनौट (एसिया) प्रतियोगिता खेल्ने जाने १४ सदस्यीय नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ ।

थाईल्याण्डमा यही १८ फेब्रुअरी देखि २७ फेब्रुअरीसम्म हुने प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको हो । नेपाली टोलीकोे छनोट महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक बिनोद दासले गरेका हुन्।

प्रतियोगिता खेल्न जाने नेपाली महिला टोली शनिबार दिउसो १ः५० बजे थाई एअरवेजमार्फत थाईल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको प्रशिक्षक दासले जानकारी दिए ।

महिला टि–२० बिश्व कप छनौट एसिया प्रतियोगितामा नेपाल सहित आयोजक थाईल्याण्ड, चिन, हंगकंग, कुवेत, मलेसिया र युएई गरि गरि कुल ७ टोलि सहभागी हुँदैछन्।

प्रतियोगिता अन्तरर्गत नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी १९ मा मलेसियासंग खेल्ने छ । त्यस्तै खेल्दै फेब्रुअरी २१ मा आयोजक थाईल्याण्डसंग प्रतिस्पर्धा गर्दा फेब्रुअरी २२ मा युएई, फेब्रुअरी २४ मा हंगकंग, फेब्रुअरी २५ मा चिन र फेब्रुअरी २७ मा कुवेतसंग खेल्ने कार्यक्रम रहेको छ ।

राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगिताको विजेता टोेलीले आईसीसी टि–२० बिश्व कप छनौट प्रतियोगिता २०१९ र आईसीसी महिला बिश्व कप २०२० ( एकदिवसीय ) छनौट प्रतियोगिता खेल्न छनौट हुने आईसीसीले जारि गरेको प्रेस बिज्ञप्तिमा बताईएको छ ।

नेपाली टिम :

रुबिना क्षेत्री बेलबासे ( कप्तान ) , सिता राना मागर ( उप–कप्तान ) , करुना भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सरी बेगम, ममता कुमारी चौधरी, बिन्दु रावल

अतिरिक्त खेलाडी : ऋतु कनौजिया, सुमन बिस्ट, अन्जली चन्द र डली भट्ट

२०७५ फाल्गुन ३, शुक्रबार मा प्रकाशित