रोनाल्डोको गोलमा युभेन्ट्सको जित

एजेन्सी–युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दा इटालियन सिरि ‘ए’ फुटलबमा युभेन्ट्सले सहज जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा फ्रोसिनोनीलाई ३–० गोलले पराजित गर्दै युभेन्ट्सले सहज जित निकालेको हो ।

युभेन्टसको जितका लागि पाउलो डिबाला, लियोनार्दो बोनुची र क्रिस्टियानो रोनाल्डोले समान एक एक गोल गरे । युभेन्टसले खेलको छैटौं मिनेटमा नै पाहुना टोली फ्रोसिनोनीविरुद्ध सुरुवाती अग्रता लिएको थियो ।

रानाल्डोको कर्नर पासमा पाउलो डिबलाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन् । १७ औ मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि दोस्रो हाफमा रोनाल्डोले थप एक गोल गर्दै युभेन्टसको जित पक्का गरे । उनले ६३ औं मिनेटमा गोल गर्दै ३–० ले टोलीको जित सुनिश्चित गरे ।

यस जितसँगै युभेन्ट्सले २४ खेलबाट ६६ अंक जोड्दै शीर्षस्थानमा १४ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको नापोलीको ५२ अंक छ । पराजित फ्रोसिनोनी १६ अंक सहित रेलिगेशन जोनमा छ ।

२०७५ फाल्गुन ४, शनिबार मा प्रकाशित

Leave a Comment