डर्टमण्डसंगको अंक दुरी कम गर्दै वायर्न

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिखले जित निकालेको छ । शुक्रबार राति भएको खेलमा अगस्बर्गलाई ३–२ गोलले हराउदै वायर्नलले जित निकालेको हो ।

वयर्नको जितका लागि किङ्गसले कोम्यानले दुई तथा डेभिड अल्बाले एक गोल गरे । अगस्बर्गका जी डोङ वोनले एक गोल गरे । अगस्बर्गले एक गोल आत्मघाती उपहार पाएको थियो ।

अगस्बर्गको मैदानमा भएको खेलको पहिलो मिनेटमा लिओन गोर्टेज्काको आत्मघाती गोलबाट घ अगस्बगले सुरुवाति अग्रता बनाएको थियो । त्यस्तै खेलको १७ औं मिनेटमा वायर्नका कोम्यानले गोल गर्दै खेल १–१ को स्थितिमा ल्याए ।

निकैनै रोमाञ्चक अवस्थामा पुगेको खेलको २३ औं मिनेटमा वोनले गोल गर्दै अगस्बर्गलाई २–१ को अग्रता दिलाए । पुना वायर्नका कोम्यानले खेलको ४५ औं मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

 

वयार्नलाई जित दिलाउन खेलको ५३ औं मिनेटमा अल्बाले अन्तिम गोल गरे । 

आजको जितसंगै दोस्रो स्थानको वायर्नले २२ खेलबाट ४८ अंक जोडेको छ । एक खेल कम खेलेको डर्टमण्डको ५० अंक छ । १८ अंक जोडेको अगस्बर्ग लिगको १५ औं स्थानमा छ ।

२०७५ फाल्गुन ४, शनिबार मा प्रकाशित

Leave a Comment