काठमाडौं र विराटनगरबीचको खेल रद्द

धनगढी–रुस्लान धनगढी प्रियिमर लिग अन्तर्गत शनिबार बिहानका लागि तय भएको काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल रद्द भएको छ।

शुक्रबारबाट परेको वर्षा शनिबार विहानसम्म पनि कायम रहेपछि मैदानमा पानी जमेका कारण खेल रद्द गरिएको हो।

खेल रद्द भएपछि दुबै टोलीले १–१ अंक बाडेका छन्। अंक बाडेपछि काठमाडौं ३ खेलमा पाँच अंकसहित शीर्ष स्थानमा पुगेको छ।
यता, विराटनगरको भने ४ खेलबाट ४ अंक भएको छ। उ अंकतालिकाको चौथो स्थानमा छ।

डीपिएलमा दिउँसोका लागि तय भएको धनगढी स्टार्स र महेन्द्रनगर यूनाइटेडबीचको खेलपनि नहुने सम्भावना उच्च छ। यद्यपी आयोजकले अन्तिम समयसम्म मैदान निरीक्षण पश्चातमात्रै आधिकारिक जानकारी दिने बताएको छ।

२०७५ फाल्गुन ४, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment