डीपीएल–३ बाट धनगढी बाहिरीयो, महेन्द्रनगरको झिनो आसा बाँकी

धनगढी– तेस्रो संस्करणको रुस्लान धनगढी प्रियिमर लिग (डिपिएल) टी–२० क्रिकेटको लिग चरणबाट घरेलु टोली धनगढी स्टार्स बाहिरीएको छ ।

साविक बिजेता धनगढी बर्षाले खेल प्रभावित भएपछि स्टार्स र युनाइटेडले १–१ अंक बाढ्दै प्रतियोगि बाडेसंगै धनगढी प्रतियोगिताबाट बाहिरीएको हो । उता मेहेन्द्रनगरले आफ्नो र अर्काे टोलीको प्रदर्शनमा ध्यान राखेमा भने उसको केहि सम्भावना बाँकि छ ।

शुक्रबारबाट परेको वर्षा शनिबार विहानसम्म पनि कायम रहेपछि मैदानमा पानी जमेका कारण खेल रद्द भएको हो ।

जित विहिन रहेको आयोजक टोली स्टार्सले आफ्नो चौथो खेलमा युनाइटेडसँग अंक बाँढ्दै अंक तालिकामा एक अंक मात्र जोडेको छ । पहिलो खेलमो काठमाडौं गोल्डेन्ससँग ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा सिवाईसी अत्तरियासँग ५ रनले पराजित भयो ।

त्यस्तै आफ्ना तेस्रो खेलमा विराटनगर किङ्ससँग २१ रनको फराकिलो अन्तरले पराजित हुँदै स्टार्स अनौपचारीक रुपमा प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलमा रुपन्देही पहिलो खेलमा च्यालेन्जर्ससँग २ रनको झिनो अन्तरले पराजित भएको युनाइटेड दोस्रो खेलमा काठमाडौं गोल्डेन्ससँग ७ रनले पराजित भएको थियो । तेस्रो खेलमा विराटनगर किङ्ससँग बर्षका कारण अंक बाध्य भएको थियो ।

शनिबारका खेल रद्द भएसँगै काठमाडौं अंक तालिकाको शीर्ष स्थानमा छ । ३ खेल खेलेको काठमाडौं पाँच अंकसहित शीर्ष स्थानमा रहँदा दुई खेल मात्र खेलेको सिवाइसी अत्तरिया ४ अंक सहित दोस्रो स्थानमा छ ।

यस्तै तीन खेल खेलेको रुपन्देही ४ अंक सहित तेस्रो, चार खेल खेलेको विराटनगर ४ अंक सहित चौथो, चार खेल नै खेलेको दुई अंक सहित पाँचौ र साविकको विजेता टोली धनगढी चार खेलमा मात्र एक अंक जोड्दै पुछारमा छ ।

२०७५ फाल्गुन ४, शनिबार मा प्रकाशित

Leave a Comment