नेपाली महिला क्रिकेट टिम थाइल्याण्ड प्रस्थान

काठमाडौँ–आइसीसी महिला विश्वकपको एसियाली छनोट खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज थाइल्याण्ड प्रस्थान गरेको छ।

सन् २०२० मा हुने वुमन्स टी २० वर्ल्डकप र २०२१ मा हुने ५० ओभरको वर्ल्डकपको छनोटको पहिलो आधारको रुपमा रहेको एसियाली छनोटमा खेल्न थाइल्याण्ड प्रस्थान गरेको छ।

प्रतियोगितामा नेपाल, थाइल्याण्ड, युएई, चीन, मलेसिया, हङकङ र कुवेतले एसियाली छनोटमा प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोलीलाई शनिवार राष्ट्रिय खेलकुद परिषदका केशव कुमार विष्टले नेपाली टोलीलाई बिदाई गरेका थिए।

यही फेब्रुअरी १८ बाट हुने प्रतियोगितामा राउण्ड रोविनको खेलपछि विजेता हुने टिम टी २० र ५० ओभरको विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछ।

तियोगितामा नेपालले फेब्रुअरी १९ मा मलेसियासँग पहिलो खेल खेल्नेछ।

नेपाली टोली
रुविना क्षेत्री बेलबाशी (कप्तान), सीता राना मागर (उप-कप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सरी बेगम, ममता कुमारी चौधरी, बिन्दु रावल
व्यवस्थापक : अमृता पौडेल
प्रशिक्षक : विनोद दास
सहायक प्रशिक्षक : निरा राजोपाध्याय
फिजियो : सकुना दानी

२०७५ फाल्गुन ४, शनिबार मा प्रकाशित

Leave a Comment