मेस्सीले याँ रेकर्ड बनाउदा बार्सिलोनाको जित

एजेन्सी–स्टार खेलाडी लियोनल मेस्सीले याँ रेकर्ड बनाउदा बार्सिलोनाले स्पेनीस ला लिगमा शिर्ष स्थानको यात्रालाई कायम राखेको छ।

मेस्सीले बार्सिलोनाका लागि हरेक सिजन ३० भन्दा धेरै गोल गर्ने नयाँ रेकर्ड कायम राखेका छन् ।

गएराति भएको खेलमा रियल भालाडोलीडलाई १–० गोलले हराउदै बार्सिलोनाले आफ्नो शिर्ष स्थानको यात्रा कायम राखेको हो। आजको खेलमा जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको अंक दुरी ७ पुगाएको छ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जिताका लागि कप्तान लियोनल मेस्सीले एकमात्र निर्णयक गोल गरेका थिए।

मेस्सीले खेलको ४३ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। भालाडोलीडका मिचेलले जेरार्ड पिकेलाई फल गरेपछि पाएको पेनाल्टीलाई मेसीले गोलमा परिणत गरे।

बार्सिलोनाले आजको खेलमा एक आर्काे पेनाल्टी पनि माएको थियो । तर, उक्त पेनाल्टीलाई मेस्सीले सदुपयोग भने गर्न सकेनन् ।

जितपछि बार्सिलोनाको २४ खेलबाट ५४ अंक भएको छ भने दोस्रो स्थानको एथ्लेटिकोको ४७ अंक छ ।

२०७५ फाल्गुन ५, आईतवार मा प्रकाशित

Leave a Comment