रियललाई उछिन्दै एथ्लेटिको मड्रिड ला लिगाको दोस्रो स्थानमा

एजेन्सी–एथ्लेटिको मड्रिड रियल मड्रिडलाई उछिन्दै स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा रायो भालेकानोलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो।

पहिलो हाफ गोल रहित बराबरी खेलेको एथ्लेटिकोले दोस्रो हाफमा मात्र गोल सम्मभव भएको थियो ।

Antoine Griezmann celebrates 

एथ्लेटिकोलाई जित दिलाउन स्टार खेलाडी एन्टोनी ग्रिजम्यानले निर्णायक गोल गरे । उनले खेलको ७४ औ मिनेटमा गोल गर्दै टिमलाई सफलता दिलाए।

पछिल्लो तीन खेलमा एथ्लेटिकाको यो पहिलो जित हो। रियल बेटिस र रियल मड्रिडसँग गत महिना पराजित भएपछि एथ्लेटिकोले अंक जोड्न सकेको थिएन।

यस जितसँगै एथ्लेटिकोले २४ खेलबाट ४७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। रियल ४५ अंक सहित तेस्रो स्थानमा छ । रियलले एक खेल कम खेलेको छ ।

२०७५ फाल्गुन ५, आईतवार मा प्रकाशित