अत्तरियाले महेन्द्रनगरलाई दियो ५५ रनको लक्ष्य

धनगढी–तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) टि-२० अन्तरगत आइतबार भएको खेलमा सीवाइसी अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ५५ रनको लक्ष्य दिएको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अत्तरियाले निर्धारित ६ ओभरमा ५ विकेट गुमाउँदै ५४ रन जोडेको हो । अत्तरियाका लागि ओप्नर सन्नी पटेलले १९ रन जोडे । उनले ११ बल खेल्दै २ छक्का प्रहार गरेका थिए ।

त्यस्तै अर्का ओप्नर जयकिशन कोल्सावालाले १० रन जोडे । उनले ६ बल खेल्दा १ छक्का प्रहार गरेका थिए । कप्तान दिपेन्द्र सिंह ऐरीले पनि १० रन जोडेड्न सफल भए । उनले ७ बल खेल्दै १ चौकाको सहयोगमा १० रन जोडेका हुन् ।

त्यस्तै भुवन कार्की र रित गौतमले समान ४-४ रन जोड्न सफल भए ।

सन्दीप जोरा ४, कमल सिंह ऐरी रन नबनाएरै आउट भए । अव महेन्द्रनगरले केहि छिनमा ५५ रनको लक्ष्य पछउने छ ।

महेन्द्रनगरका लागि सागर ढकाल र अभिनास बोहराले दुई–दुई विकेट लिए । त्यस्तै कप्तान शरद भेषवाकरले १ विकेट लिन सफल भए ।

२०७५ फाल्गुन ५, आईतवार मा प्रकाशित