डीपीएल–३ : महेन्द्रनगर युनाइटेडको पहिलो जित

धनगढी–तेस्रो संकरणको धनगढी प्रिमियर लिग (डीपीएल) मा महेन्द्रनगर युनाइटेडले पहिलो जित निकाल्दै प्लेअफमा पुग्ने आशा जोगाएको छ ।

आजको जितसंगै महेन्द्रनगरले ४ अंक जोडेर प्रतियोगिताको प्लेअफमा थप आशा जोगाएको छ । आइतबार भएको खेलमा महेन्द्रजगरले सीवाइसी अत्तरियालाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा पुन आशा जोगाएको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अत्तरियाले निर्धारित ६ ओभरमा ५ विकेट गुमाउँदै ५४ रन जोडेको थियो ।अत्तरियाले दिएको ५५ रनको लक्ष्य पछउने क्रममा महेन्द्रनगरले ५ दशमलव ४ ओभरमा ३ विकेटको क्षेतिमा ५५ रनको लक्ष्य भेटाउन सफल भएको हो ।

महेन्द्रनगरका लागि ओपनर आनन्द सुप्रमनियमले सर्वाधिक १७ रनको योगदान गरे । उनले ९ बल खेल्दै २ चौका  र १ छक्काको सहयोगमा १७ रन बनाउन सफल भएका हुन् ।

त्यस्तै आरिफ सेखले १५ रन बनाउदा कप्तान शरद भेषवाकरले ५ तथा मोहमद नबिदले ६ बनाउन सफल भए । त्यस्तै कुशल मल्लले ६ रनको योगदान गरे ।

बलिङ तर्फ अत्तरियाका भुुवन कार्कीले सर्वाधिक २ विकेट लिए । दिपेन्द्र रावतले १ विकेट लिन सफल भए ।

यस अघि अत्तरियाका का लागि ओप्नर सन्नी पटेलले १९ रन जोडे । उनले ११ बल खेल्दै २ छक्का प्रहार गरेका थिए । त्यस्तै अर्का ओप्नर जयकिशन कोल्सावालाले १० रन जोडे । उनले ६ बल खेल्दा १ छक्का प्रहार गरेका थिए । कप्तान दिपेन्द्र सिंह ऐरीले पनि १० रन जोडेड्न सफल भए । उनले ७ बल खेल्दै १ चौकाको सहयोगमा १० रन जोडेका हुन् ।

सन्दीप जोरा ४, कमल सिंह ऐरी रन नबनाएरै आउट भए । महेन्द्रनगरका लागि सागर ढकाल र अभिनास बोहराले दुई–दुई विकेट लिए । त्यस्तै कप्तान शरद भेषवाकरले १ विकेट लिन सफल भए ।

२०७५ फाल्गुन ५, आईतवार मा प्रकाशित