काठमाडौंले रुपन्देहिलाई दियो १ सय ३४ रनको लक्ष्य

धनगढी–तेस्रो सस्करगको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) मा काठमाडौं गोल्डेनले रुपन्देही सामु १ सय ३४ रनको लक्ष्य दिएको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा भाएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौंले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षेतिमा १ सय ३३ रन जोड्न सफल भएको हो ।

काठमाडौंका लागि अंकित दवासले सर्वाधिक ४३ रनको योगदान गरे । उनले ४० बल खेल्दै १ चौका र ३ छक्काको सहयोगमा ४३ रन बनाउन सफल भएका हुन् ।

त्यस्तै अनिल कुमार शाहले २३ रन बनाउन सफल भए । उनले २६ बल खेल्दै २ चैका र १ छक्काको सहयोगमा २३ रन बनाउन सफल भएका हुन् ।

काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले १२ रनको योगदान गर्दा गौरव तमोरले मात्र ८ रन जोडे । काठमाडौंका लागि मोहबुव आलमले ११ रन जोड्न सफल भए ।

यस्तै योगेन्द्र सिंह कार्कीले १३ रन बनाउदा रसिद खान ले १४ रन बनाए भने नन्दन कुमार यादव र बिक्रम भुशाल रन नबनाएरै आउट भए ।

बलिङ तर्फ रुपन्देही च्यालेन्जर्सका लागि पुनित मेहरा, अनिल खरेलले बिक्रम सोबले समान समान दुई–दुई विकेट लिए । त्यस्तै ललित सिंह भण्डारीले पनि एक विकेट लिए ।

२०७५ फाल्गुन ५, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment