काठमाडौंका खेलाडीले घातक बलिङ गर्दा रुपन्देही १०० रनले पराजित

धनगढी–ज्ञानेन्द्र मल्लको कप्तानिमा रहेको काठमाडौंले तेस्रो सस्करगको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) मा सहज जित निकालेको छ ।

काठमाडौंले रुपन्देहीलाई १०० रनले पराजित गरेको हो । काठमाडौंले दिएको १ सय ३४ रनको लक्ष्य पछा्उने क्रममा रुपन्देहीले १५ दशमलव १ ओभरमा पुरै विकेट घुमाउदै मात्र ३३ रन जोड्न सफल भएको हो ।

एक खेल अगावै प्लेअफमा पुगेको काठमाडौंले आजको खेलमा गरि लगातार तेस्रो जित निकालेको हो । काठमाडौंलाई जित दिलाउन नन्दनकुमार यादवले सर्वाधिक ३ विकेट लिन सफल भए । त्यस्तै सुर्य तामाङ र ललितनारायण राजबंशीले समान दुई दुई विकेट लिदा अंकित दवास, योगेन्द्र सिंह कार्कीले पनि समान १–१ विकेट लिए ।

ब्याटिङ तर्फ रुपन्देहिका कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् । रुपन्देहिले पहिलो ५ ओभर सकिदा ५ विकेटको क्षेतिमा मात्र १२ रन जोड्न सफल भएको थियो ।

यस अघि धनगढीको फाप्ला क्रिकेट मैदानमा भाएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौंले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षेतिमा १ सय ३३ रन जोड्न सफल भएको थियो ।

काठमाडौंका लागि अंकित दवासले सर्वाधिक ४३ रनको योगदान गरे । उनले ४० बल खेल्दै १ चौका र ३ छक्काको सहयोगमा ४३ रन बनाउन सफल भएका हुन् ।

त्यस्तै अनिल कुमार शाहले २३ रन बनाउन सफल भए । उनले २६ बल खेल्दै २ चैका र १ छक्काको सहयोगमा २३ रन बनाउन सफल भएका हुन् ।

काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले १२ रनको योगदान गर्दा गौरव तमोरले मात्र ८ रन जोडे । काठमाडौंका लागि मोहबुव आलमले ११ रन जोड्न सफल भए ।

यस्तै योगेन्द्र सिंह कार्कीले १३ रन बनाउदा रसिद खान ले १४ रन बनाए भने नन्दन कुमार यादव र बिक्रम भुशाल रन नबनाएरै आउट भए ।

बलिङ तर्फ रुपन्देही च्यालेन्जर्सका लागि पुनित मेहरा, अनिल खरेलले बिक्रम सोबले समान समान दुई–दुई विकेट लिए । त्यस्तै ललित सिंह भण्डारीले एक विकेट लिए ।

२०७५ फाल्गुन ५, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment