प्रथम अध्यक्ष खुल्ला पूरुष भलिबलको उपाधि एपीएफलाई

काठमाडौं–प्रथम अध्यक्ष खुल्ला पूरुष भलिबल प्रतियोगिताको उपाधि बिभागिय टोली सशस्त्र प्रहरीबलको एपीएफले जितेको छ ।
आइतबार नवलपरासिमा भएको फाइनल खेलमा रेलवएलाई ३–१ सेटमा पराजित गर्दे एपीएफले उपाधि उचालेको हो ।

एपीएफले रेलवएलाई पहिलो सेटमा २५–१९ ले जित हात पारको थियो । दोस्रो सेटमा भने एपीएफ केहि कमजोर भएको थियो । एपीएफले दोस्रो सेट २३–२५ मा गुमायो ।

निकेनै रोमाञ्चक खेलमा एपीएफले तेस्रो र चौथो सेट आफ्नो नाममा पार्न सफल भयो । उसले तेस्रो सेट २५–२२ र चौथो २५–१८ जित्दै उपाधि हात पार्न सफल भएको हो ।

उपाधिसंगै एपीएफले नगद रु १ लाख प्रप्त गरेको छ ।

२०७५ फाल्गुन ५, आईतवार मा प्रकाशित