पीएसजीको जितमा एम्बाप्पेको गोल

एजेन्सी–फ्रान्सेली युवा स्टार खेलाडी केलियन एम्बाप्पेले गोल गर्दा पेसिर सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग अन्तर्गतमा संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति सेन्ट एटिएनको मैदानमा पीएसजीले १–० को संघर्षपूर्ण जित निकालेको हो ।

पीएसजीलाई जित दिलाउन युवा फरवार्ड केलियन एमबाप्पेले एक मात्र निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोल रहित बराबरीमा पिएसजीका लागि उनले दोस्रो हाफमा गोल गरेका थिए ।

एम्बाप्पेले खेलको ७३ औं मिनेटमा निर्णायक गोल गरेका थिए । एमबाप्पेले ड्यानी आल्भेसको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली सेन्ट एटिएनले केहि दवाव सिर्जना गरेपनि पीएसजीले जित दर्ता गर्न सफल रह्यो ।

योसंगै पीएसजीले लिगमा १२ अंकको अग्रता लिएको छ ।

स्टार खेलाडीद्वय नेयमार र एडिन्सन काभानीविनै खेलिरहेको पीएसजीले २३ खेलमा ६२ अंक जोड्दै शीर्षस्थानमा एथावत गरेहको छ । २५ खेलमा ५० अंक जोडेको लिल दोस्रो स्थानमा छ ।

२०७५ फाल्गुन ६, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment