सर्जियो रामोस ‘रेड कार्ड’ हिरो

एजेन्सी–धेरै पटक उत्कृष्ट डिफेन्डरको रुपमा रहेका स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोस रेड कार्ड हिरो बनेका छन् । उनले आफ्नो फुटबल जिवनमा सर्वाधिक रातो कार्डा खाँदै रेड कार्ड हिरो बनेका हुन् ।

जारी सिजनमा रामोसले एक रातो कार्ड खाँदै ला लिगामा सर्वाधिक रातो कार्ड पाउने खेलाडीको कीर्तिमान बनाएका छन् । घरेलु मैदानमा आइतबार जिरोनाविरुद्धको खेलमा रातो कार्ड खाँदै उनले ला लिगामा २० औं रातो कार्डको कीर्तिमानी बनाएक हुन् ।

रामोसले आफ्नो फुटबल जिवनमा भने २५ रातो कार्ड पाएका छन् । उनले २५ वटै रातो कार्ड भने रियल मड्रिडका लागि खेल्दा पाएका थिए । २००५ मा रामोसले तीन रातो कार्ड पाए । जहाँ दुई ला लिगामा थिए भने एक रातो कार्ड च्याम्पियन्स लिगमा पाए ।

२००६ मा पाएका दुबै रातो कार्ड उनले ला लिगामा पाए । उनले २००६ मा भिल्लारियल र एथलेटिको मड्रिडविरुद्ध रातो कार्ड पाएका थिए । त्यस्तै २००७ मा एक र २००८ मा तीन रातो कार्ड पाए ।

२००९ मा एक, २०१० मा दुई रातो कार्ड पाउँदा उनले २०११ मा भने कुनै रातो कार्ड खाएनन् ।

२०१२ दुई, २०१३ मा चार, २०१४ मा एक रातो कार्ड पाउँदा २०१५ मा भने रातो कार्ड पाएनन् । २०१६ मा दुई, २०१७ मा तीन र २०१८ मा कुनै पनि रातो कार्ड पाएनन् । तर, २०१९ को सुरुवातमै उनले एक रातो कार्ड पाएका छन् ।

२०७५ फाल्गुन ६, सोमबार मा प्रकाशित

Leave a Comment