टस जितेर पहिला ब्याटिङ गर्दै रुपन्देही

धनगढी–तेस्रो चरणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत लिग अन्तिम दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्स र धनगढी स्टार्सले प्रतिस्पर्धा गर्दै छन् ।

फाप्ला क्रिकेट मैदानमा हुन लागेको खेलमा रुपन्देहीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

दुबै टोलीलाई आजको खेल निकै महत्वपुर्ण छ । धनगढीलाई आजको खेलमा जित निकालेर डीपीएल–३ को सिजनमा पहिलो जित निकाल्दै बिदा हुन चाहान्छ । किनभने धनगढी लिग चरणका सबै खेलमा पराजित छ ।

उता गर या मरको स्थितिमा रहेको रुपन्देहिले आजको खेलमा जित निकाल्दै प्लेअफमा जाने बाटो खुलाउने छ । यदि रुपन्देहीले आजको खेलमा हार ब्यहोर्यमा प्लेअफको सम्भावना अन्त्य हुनेछ ।

त्यसैले आजको खेल निकै रोमाञ्चक रुपमा हुने छ । आजको खेल १५ ओभरको हुनेछ ।

२०७५ फाल्गुन ६, सोमबार मा प्रकाशित