रुपन्देहीले धनगढीलाई दियो १ सय ७ रनको लक्ष्य

धनगढी–तेस्रो चरणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत लिग चरणको अन्तिम दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले धनगढी स्टार्सलाई १ सय ७ रनको लक्ष्य दिएको छ ।

फाप्ला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको रुपन्देहिले निर्धारित १५ ओभर ९ विकेटको क्षेतिमा १ सय ६ रन बनाएको हो ।

धनगढीका लागि सुमित महर्जनले सर्वाधिक ३३ रनको योगदान गरेका छन् । उनले २४ बल खेल्दै २ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाउन सफल भएका हुन् । त्यस्तै बिनोद भण्डारीले २४ रनको योगदान गरे । उनले २४ बलमा २ चौकाको सहयोगमा २४ रन बनाउन सफल भएका हुन् ।

समित र बिनोदले डीपीएल–३ मा हाल सम्मैकै धेरै रनको साझेदारी गरेका छन् । उनिहरुको साझेदारी ५७ रन बनेको थियो ।
रुपन्देहिका लागि ओपनरमा आएका बाबर हायातले १९ रनको योगदान गरे । उनले १० बल खेल्दै १ चौका र २ छक्काको सहयोगमा १९ रन बनाउन सफल भएका हुन् ।

त्यस्तै बिक्रम सोबले ११ रन बनाउदा बाँकी कसैले पनि दोहोरो रन जोड्न भने सकेनन् । बलिङतर्फ धनगढीका कप्तान सोमपाल कामी, पवन सरापफ र बिपिन कार्कीले समान २–२ विकेट लिए । त्यस्तै रोहन मुस्तफा, र अमित हायातले १–१ विकेट लिन सफल भए ।

दुबै टोलीलाई आजको खेल निकै महत्वपुर्ण छ । धनगढीलाई आजको खेलमा जित निकालेर डीपीएल–३ को सिजनमा पहिलो जित निकाल्दै बिदा हुन चाहान्छ । किनभने धनगढी लिग चरणका सबै खेलमा पराजित छ ।

उता गर या मरको स्थितिमा रहेको रुपन्देहिले आजको खेलमा जित निकाल्दै प्लेअफमा जाने बाटो खुलाउने छ । यदि रुपन्देहीले आजको खेलमा हार ब्यहोर्यमा प्लेअफको सम्भावना झिनो रहने छ ।

२०७५ फाल्गुन ६, सोमबार मा प्रकाशित

Leave a Comment