रुपन्देही डीपीएल–३ को प्लेअफमा

धनगढी–रुपन्देही च्यालेन्जर्स तेस्रो चरणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को प्लेअफमा पुगेको छ । सोमबार भएको खेलमा ढनगढीलाई ३९ रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित पारेको हो ।

फाप्ला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको रुपन्देहिले निर्धारित १५ ओभर ९ विकेटको क्षेतिमा १ सय ६ रन बनाएको थियो ।

रुपन्देहीले दिएको १ सय ७ रनको लक्ष्य पछा्उने क्रममा धनगढीले १४ ओभरमा ९ विकेट गुमाउदै मात्र ६७ रन बनाउन सक्यो ।
योसंगै रुपन्देहिले ३९ रनले जित हात पारेको छ ।

धनगढीका लागि पवन सराफले सर्वाधिक १५ रन जोड्न सफल भए । त्यस्तै कप्तान सोमपाल कामी ११, सन्दिप रजाली १० रन बनाउन सफल भए । त्यसबाहेकका कुनै पनि ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेका छन् ।

बलिङतर्फ रुपन्देहीका लागि ललितसिंह भण्डारीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै बिक्रम सोवले सर्वाधिक २ विकेट लिदा कप्तान बसन्त रेग्मी, पुनित मेहरा, समान एक एक विकेट लिए ।

यस अघि रुपन्देहिका लागि सुमित महर्जनले सर्वाधिक ३३ रनको योगदान गरेका छन् । उनले २४ बल खेल्दै २ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाउन सफल भएका हुन् । त्यस्तै बिनोद भण्डारीले २४ रनको योगदान गरे । उनले २४ बलमा २ चौकाको सहयोगमा २४ रन बनाउन सफल भएका हुन् ।

समित र बिनोदले डीपीएल–३ मा हाल सम्मैकै धेरै रनको साझेदारी गरेका छन् । उनिहरुको साझेदारी ५७ रन बनेको थियो । रुपन्देहिका लागि ओपनरमा आएका बाबर हायातले १९ रनको योगदान गरे ।

उनले १० बल खेल्दै १ चौका र २ छक्काको सहयोगमा १९ रन बनाउन सफल भएका हुन् । त्यस्तै बिक्रम सोबले ११ रन बनाउदा बाँकी कसैले पनि दोहोरो रन जोड्न भने सकेनन् ।

बलिङतर्फ धनगढीका कप्तान सोमपाल कामी, पवन सरापफ र बिपिन कार्कीले समान २–२ विकेट लिए । त्यस्तै रोहन मुस्तफा, र अमित हायातले १–१ विकेट लिन सफल भए ।

आजको जितसंगै रुपन्देहिले ५ खेलमा  ३ मा जित र २ हारसंगै ६ अंकका साथ तालिकाको शिर्ष स्थानमा रहेको छ । उता धनगढी भने प्रतियोगिताका ४ खेलमा हार र एक खेलमा अंक बाड्दै प्रतियोगितामा एक खेल पनि जित्न नसकेर बाहिर गएको हो ।

२०७५ फाल्गुन ६, सोमबार मा प्रकाशित