जयकिशान र सन्नीको बिस्फोटक ब्याटिङ, विराटनगरले पायो १ सय ४९ रनको लक्ष्य

धनगढी–दिपेन्द्र ऐरीको कप्तानिमा रहेको सिवाइसी अत्तरियाले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग डीपीएल–३ मा सिवाइसी अत्तरियाले विराटनगर किङ्सलाई १ सय ४९ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङगर्ने निणर्य लिएको अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ४८ रन बनाउन सफल भयो ।
अत्तरियाका लागि जयकिशान कोल्सावाला र सन्नी पटेलले अर्धशतकिय पारी खेले ।

जयकिशानले ५० बलमा ४ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाउन सफल भए । त्यस्तै सन्नी पटेलले ३१ बल खेल्दै ५ चौका र ४ छक्काको सहयोगमा ६१ रन बनाउन सफल भए ।

अजाको खेलमा जितेन्द्र ठकुरी र जयकिशानले डीपीएल–३ मा हाल सम्मकै धेरै ओपनरको साझेदारी गरेका छन् । दुबैले ५३ रनको साझेदारी गरेका हुन् ।

अत्तरियाका लागि जितेन्द्र ठकुरीले १३ रन बनाउदा कप्तान दिपेन्द्र ऐरीले १० रनको योगदान गरे ।

बलिङतर्फ विराटनगरका लागि सुमन भारी र समशेद सेखले समान एक एक विकेट लिए ।

२०७५ फाल्गुन ६, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment