अत्तरिया प्ले अफमा, विराटनगर बाहिरियो

धनगढी–दिपेन्द्र ऐरीको कप्तानिमा रहेको सिवाइसी अत्तरिया तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग डीपीएल–३ को प्लेअफमा पुगेको छ ।

सोमबार भएको खेलमा विराटनगर किङ्सलाई १० रनले पराजित गर्दै अत्तरिया प्लेअफमा पुगेको हो । टस जितेर पहिला ब्याटिङगर्ने निणर्य लिएको अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो ।

अत्तरियाले दिएको १ सय ४९ रनको लक्ष्य पछउने क्रममा विराटनगरले निर्धारित २० विकेटको क्षेतिमा मात्र १ सय ३८ रनमा समेटियो ।
विराटनगरका लागि आसिफ सेखले सर्वाधिक ३९ रनको योगदान गरे । उनले ३४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३९ रन बनाउन सफल भएका हुन् ।

त्यस्तै पृथ बास्कोटाले २७ रन जोड्न सफल भए । उनले २६ बलमा ४ चौकाको सहयोगमा २७ रन जोडेका हुन् । ओपनरमा आएका असाद पठान १३ तथा हरिशंकर शाहले ७ रन जोड्न सफल भए ।

बनाउदा कप्तान करण केसीले १२ रन बनाउदा अभिनास यादवले १४ रनको योगदान गरे । विराटनगरका बाँकि ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ अत्तरियका लागि दिपेन्द्र रावत र भिम कार्कीले सर्वाधिक ३–३ विकेट लिए । त्यस्तै कप्तान दिपेन्द्र ऐरीले १ विकेट लिए ।
यस अघि अत्तरियाका लागि जयकिशान कोल्सावाला र सन्नी पटेलले अर्धशतकिय पारी खेले । जयकिशानले ५० बलमा ४ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाउन सफल भए ।

त्यस्तै सन्नी पटेलले ३१ बल खेल्दै ५ चौका र ४ छक्काको सहयोगमा ६१ रन बनाउन सफल भए ।  अजाको खेलमा जितेन्द्र ठकुरी र जयकिशानले डीपीएल–३ मा हाल सम्मकै धेरै ओपनरको साझेदारी गरेका छन् । दुबैले ५३ रनको साझेदारी गरेका हुन् ।

अत्तरियाका लागि जितेन्द्र ठकुरीले १३ रन बनाउदा कप्तान दिपेन्द्र ऐरीले १० रनको योगदान गरे । बलिङतर्फ विराटनगरका लागि सुमन भारी र समशेद सेखले समान एक एक विकेट लिए ।  आजको हारसंगै विराटनगर प्रतियोगिताबाट बाहिर गएको छ । भने सिवाइसी अत्तरिया प्ले अफमा पुगगेको छ ।

२०७५ फाल्गुन ६, सोमबार मा प्रकाशित