म्यान्चेष्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा

एजेन्सी–प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । युनइटेडले चिर प्रतिद्धन्द्धी चेल्सीलाई पराजित गर्दै क्वाटरफाइनको यात्रा तय गरेको हो ।

चेल्सीको घरेलु मैदनमा भएको खेलमा युनाइटेडले चेल्सीलाई २–० गोल अन्तरले हराउन सफल भएको हो ।

म्यान्चेस्टरलाई जित दिलाउन आन्द्रे हेरेराले पहिलो गोल गरे । उनले पाउलो पोग्बाको पासलाई सदुपयोग गर्दै खेलको ३१ औ मिनेटमा गोल टिमलाई सफलता दिलाएका थिए ।

त्यस्तै खेलको ४५ औ मिनेटमा र पाउल पोग्बाले अर्काे गोल गर्दै टिमको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई खाएको चेल्सीले पुन खेलमा गोल भने गर्ने सकेन ।

चेल्सीले पछिल्ला १० खेल मध्य ५ खेलमा हार ब्यहोरेको छ ।

२०७५ फाल्गुन ७, मंगलवार मा प्रकाशित