नेपालले मलेसियालाई दियो १ सय २७ रनको लक्ष्य

काठमाडौं–नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटको पहिलो खेलमा मलेसियासामु १ सय २७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

थाइल्याण्डको बैङककस्थित ट्रेडथाई क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षेतिमा १ सय २६ रन जोड्न सफल भयो ।

नेपालका लागि सिता राना मगरले सर्वाधिक ४२ रनको योगदान गरिन् । उनले ४० बलमा २ चौकाको सहयोगमा ४२ रन बनाउन सफल भएकी हुन् । त्यस्तै कप्तन रुबिना क्षेत्रीले ३३ रनको योगदान गरिन । रुबिनाले २५ बलमा ३ चौकाको सहयोगमा ३३ रन बनाउन सफल भएकी हुन् ।

नेपालका लागि काजल श्रेष्ठले १६ रन बनाउदा इन्दु बर्माले १३ रनको योगदान गरिन् । त्यस्तै नेरी थापाले ६ रन बनाउदा सिता रानाले मात्र १ रन जोड्न सकिन भने ममता चौधरी विना रन पेवेलियन फर्किन ।

बलिङ तर्फ मलेसियाकी सशा अज्मी, जुमिका अज्मी, विनिफ्रेड ड्यूरेइसिगमले समान एक एक विकेट लिए । राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

नेपालले युएईसंग फेब्रुअरी २२ मा खेल्नेछ । त्यस्तै हङकङसंग २४ फेब्रुअरीमा, चीनसंग फेब्रुअरी २५ मा र अन्तिम खेलमा कुवेतसंग फेब्रुअरी २७ मा खेल्नेछ ।

२०७५ फाल्गुन ७, मंगलवार मा प्रकाशित

Leave a Comment