काठमाडौंले अत्तरियालाई दियो ७६ रनको सामान्य लक्ष्य

धनगढी–तेस्रो संस्कणको रुस्लान धनगढी प्रिमियर लिग टि–२० क्रिकेटको लिग चरणको अन्तिम खेलमा काठमाडौं गोल्डेन्सले सिवाइसी अत्तरियालाई ७६ रनको लक्ष्य दिएको छ ।

फाप्ला क्रिकेट मैदानमा भईरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौंले निर्धारित २० ओभर खेल्दै पुरै विकेटको क्षेतिमा मात्र ७५ रन जोड्न सफल भएको हो ।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३२ रन जोड्न सफल भए । ४९ बल खेलेका उनले २ चौकाको सहयोगमा ३२ रन बनाउन सफल भए ।

त्यस्तै अंकित दवासले १३ रन बनाउदा योगेन्द्र सिंह कार्कीले १० रन जोड्न सफल भए । त्यस बाहेकका कुनै पनि ब्याट्म्यानले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ अत्तरियाका लागि कप्तान दिपेन्द्र ऐरीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै राम नरेश गिरीले २ तथा सन्नी पटेल, भुवन कार्कीले समान १–१ विकेट लिए ।

यस अघिनै क्वालिफायरमा पुगेको काठमाडौका लागि आजको लिग खेल जिते पछि समुह चरणको शिर्ष स्थानमा रहने हुनेछ । उता सिवाइसी पनि आजको खेल जिते पछि पछि क्वालिफाएरमा पुग्ने निश्चित छ ।

२०७५ फाल्गुन ७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment