अपराजित काठमाडौंलाई अत्तरियाले हरायो

धनगढी–तेस्रो संस्कणको रुस्लान धनगढी प्रिमियर लिग टि–२० क्रिकेतको लिग चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियाले जित हात पारेको छ । लिग चरणमा अपराजित काठमाडौंको यो पहिलो हार हो ।

फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौंले निर्धारित २० ओभर खेल्दै पुरै विकेटको क्षेतिमा मात्र ७५ रन जोड्न सफल भएको हो ।

काठमाडौंले दिएको ७६ रनको सामान्य लक्ष्य पछएको अत्तरियाले १७ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । अत्तरियाले ७९ रन पुरा गरेको हो ।

अत्तरियाका लागि जयकिशान कोल्सावालाले सर्वाधिक ३३ रनको योगदान गरे । ४२ बल खेलेका उनले ५ चौकाको मद्दतमा रन पुरा गरेका हुन् । उनि रसिद खानको बलबाट क्याच आउट भएका हुन् । त्यस्तै कप्तान दिपेन्द्र सिह ऐरीले २० रनको योगदान गरे । ११ बल खेलेका उनले ३ चौका सहयोगमा २० रन जोड्न सफल भएका हुन् ।

अत्तरियाका लागि प्रेम तामाङले १० रन बनाउदा सुभिन्दु पाण्डेले मात्र ५ रन जोड्न सफल भए ।

बलिङतर्फ काठमाडौंका लागि ललित नारायण राजबंशी, रसिद खान र सुर्य तामाङले समान १–१ विकेट लिए ।

यस अघि ब्याटिङतर्फ काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३२ रन जोड्न सफल भए । ४९ बल खेलेका उनले २ चौकाको सहयोगमा ३२ रन बनाउन सफल भए ।

त्यस्तै अंकित दवासले १३ रन बनाउदा योगेन्द्र सिंह कार्कीले १० रन जोड्न सफल भए । त्यस बाहेकका कुनै पनि ब्याट्म्यानले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ अत्तरियाका लागि कप्तान दिपेन्द्र ऐरीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै राम नरेश गिरीले समान २ तथा सन्नी पटेल, भुवन कार्कीले समान १–१ विकेट लिए ।

एस अघिनै क्वालिफायरमा पुगेको काठमाडौका लागि आजको लिग खेल जिते पछि समुह चरणको शिर्ष स्थानमा रहने हुनेछ । उता सिवाइसी पनि आजको खेल जिते पछि पछि क्वालिफाएरमा पुग्ने निश्चित छ ।

२०७५ फाल्गुन ७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment