आइपीएलको पहिलो खेलमा चेन्नाई र बैंगलोर भिड्ने

एजेन्सी–इन्डियन प्रियर लिग (आइपीएल) २०१९ चेन्नाई सुपर किंग्स र रोएल च्यालेन्जर्स बैंगलोर भिड्ने भएका छन्।

आइपीएलको नयाँ सिजनको लागि मंगलवार सार्वजनिक खेल तालिका अनुसार साविक विजेता चेन्नाई सुपर किंग्स र रोएल च्यालेन्जर्स बैंगलोर पहिलो खेलमा भिड्ने भएका हुन्।

सार्वजनिक तालिका अनुशार पहिलो खेल मार्च २३ मा एमए चितम्बरम स्टेडियम, चेन्नाईमा हुनेछ। आइपीएलको गभर्निङ बडीले पहिलो दुई साताका लागि १७ खेलको मात्र तालिका सार्वजनिक गरेको छ।

यस अवधीमा बैँगलोर र दिल्ली क्यापिटल्सले ५–५ तथा अन्य ६ टिमले समान ४ खेल खेल्नेछन्। आइपीएलको अन्य खेल तालिका भने भारतमा यही समयमा निर्वाचन पछि सार्वजनिक हुने भएको छ।

२०७५ फाल्गुन ७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment