आर्मी वाङ्चुक मेमोरियल गोल्डकपबाट बाहिरियो

काठमाडौँ–त्रिभुवन आर्मी क्लब भुटानमा जारी जिग्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकपको सेमिफाइनलबाट बाहिरिएको छ। खेलको ३२ औँ मिनेटमा टिमका स्टाइकर भरत खवासले दुई वटा पहेलो कार्ड खाएपछि आर्मि १० खेलाडीमा झरेको थियो ।

आर्मीलाई नेपालकै यू–१९ टिमका पूर्व कप्तान समेत रहेका गोलकिपर अर्पण कार्की रहेको टिम पारो एफसीले पहिलो सेमिफाइनलमा पराजित गरेको हो। आर्मीले खेल सकिन ४ मिनेटअघि गोल खाएको थियो।

दिबस सुब्बाले ८६ औँ मिनेटमा गरेको उत्कृष्ट गोल नै पारोलाई जित दिलाउन पर्याप्त बन्यो।

पारोले अब उपाधिका लागि नेपालकै अर्को क्लब थ्री स्टार ब्रदर्स युनाइटेडबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

२०७५ फाल्गुन ७, मंगलवार मा प्रकाशित

Leave a Comment