बार्सिलोना र लियोन बराबरीमा रोकिए

एजेन्सी–च्याम्पियन्स लिगको प्रि–क्वाटरफानलको पहिलो लेगमा स्पेनिस फुटबल क्लब बार्सिलोना लियोनसंग बराबरीमा रोकिएको छ ।
बार्सिलोना र लियोन च्याम्पियनस लिगको समूह चरणमा अपराजित टोली हुन् ।

दुबै टोलीले प्रि–क्वाटरफानलको पहिलो लेगमा गोल रहित बराबरी खेलेका छन् ।

लियोनको घरेलु मौनमा भएको खेलमा दुबै टोलीले गोल गर्न सकेनन् । पुरै खेलमा बार्सिलोनाले दवाव दिए पनि गोल भने गर्न सकेन । यता घरेलु मैदानमा खेलेको लियोनका लागि पनि खेल जित्न सजिलो भएन ।

लियोनले लिगको समूह चरणमा युरोपका ठूला टोलीलाई पराजित गरेको थियो ।

गय रातिको खेलमा लियोनका कप्तान नाबिल फेकिर प्रतिबन्धमा थिए । त्यस्तै अर्का मिडफिल्डर तान्गु एनदोम्बेले चोटका कारण मैदानमा उपस्थित थिएनन् ।

बार्सिलोनाका लागि भने सबै खेलाडीले खेलेका थिए । अब दोस्रो खेल ११ मार्चमा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

२०७५ फाल्गुन ८, बुधबार मा प्रकाशित

Leave a Comment