घरेलु मैदानमा नै लिभरपुल बराबरीमा

एजेन्सी–च्याम्पियन्स लिग फुटबल लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुलले घरेलु मैदानमानै बराबारी खेलेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल र बार्यन म्युनिखले गोलरहित बराबरी खेलेका हुन् ।

घरेलु दर्शकको साथ पाएको लिभरपुलले धेरै मौकाहरुलाई सदुपयोग गर्न भने सकेन ।

लिभरपुलका लागि साडियो माने, मोहमद शालाह र रोबेर्टो फेरमिन्हो जस्ता खेलाडीले धेरै मौकाहरुलाई खेर फाले। प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुललाई बलियो टोलिको रुपमा हेरिएको थियो ।

च्याम्पियन्स लिगको समुह चरणको खेलमा लिभरपुल समुह ‘सी’ को उपबिजेता टोली हो। लिभरपुलले समुह चरणका खेलहरुमा तीन खेलमा जित र तीन खेलमा हार व्यहोरेको थियो।

यता समुह ‘ई’ मा रहेको बार्यन समुह बिजेता बनेको थियो। उसले समूह चरणमा अपराजित यात्रा गरेको थियो। अव दुबै टोली अर्काे लेगमा मार्च १४ मा बार्यनको घरेलु मैदानमा भिड्ने छन्।

२०७५ फाल्गुन ८, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment