फाइनल प्रवेशका लागि अत्तरिया र काठमाडौं भिड्दै

धनगढी– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटको फाइनल प्रवेशका लागि आज (बुधबार) सिवाइसी अत्तरीया र काठमाडौं गोल्डेन्स भिड्दैछन् ।

समुह चरणका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका दुबै टोली अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहदै क्वालिफाएरमा स्थान बनाएका थिए ।

प्रतियोगिता अघि सबैभन्दा कमजोर मानिएको अत्तरियाले लिग चरणमा ५ खेलबाट ४ मा जित निकाल्दा १ खेलमा पराजित हुँदै ८ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरको लागि छनौट भएको थियो। यस्तै काठमाडौंले ३ जित निकाल्दा १ हार र १ खेल बर्षाले रद्द भएको थियो।

दुबै टिम यसअघि लिग चरणको अन्तिम खेलमा मंगलबार प्रतिस्पर्धा गरेका थिए। उक्त खेलमा यसअघि लिग चरणमा अपराजित काठमाण्डौ गोल्डेन्सले खराब प्रदर्शन गर्दै सिवाईसी अत्तरियासँग ७ विकेटको हार व्यहोरेको थियो।

फाइनल प्रवेशका लागि आजको खेल दुबै टोलिलाई महत्वपुर्ण रहने छ । अत्तरिया काठमाडौंलाई लगातार दुई पटक हराउदै फाइनलमा आफ्नो स्थान बनाउने दाउमा हुनेछ। यता काठमाडौं मंगलबारको हारको बदला लिने योजनामा रहनेछ।

साविक उप-बिजेता काठमाडौंले यो पटक पनि फाइनलमा स्थान बनाउने लक्ष्य लिएको छ। यता अत्तरीया पनि काठमाडौंलाई हराउँदै पहिलो पटक लिगको फाइनलमा पुग्न चाहन्छ।

फाप्ला क्रिकेट मैदानमा हुने खेल दिउसो १२ः३० बाट सुरु हुनेछ ।

२०७५ फाल्गुन ८, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment