नेपाल भारतको मेघालयसंग प्रतिस्पर्धा गर्दै

काठमाडौं–नेपालको युवा टोलीले भारतको गुहावटीमा भैरहेको डा ता आओ अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमाको पहिलो खेलमा (आज) बुधबार भारतको मेघालयसंग प्रतिस्पर्धा गर्दैछ ।

अखिल नेपाल पुटबलसंघ एन्फाले पठाएको यू–२१ टोलीले च्याम्पियनसिपको पहिलो खेलमा भारतको मेघालयसंग खेल्ने भएको हो ।
एलएनआईपी रंगशालामा हुने खेल नेपाली समय अनुशार दिउसो पौने २ बजेबाट सुरु हुने छ ।

नेपाली टोलिका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले च्याम्पियनसिपका लागि कमै तयारी भएको भएता पनि उपधि जितेर नेपाल फर्कने बताएका छन् ।

नेपाली टोली प्रतियोगितामा समुह बी मा छ । नेपाल रहेको समुहमा नागल्याण्ड, मेघालय, मिजोराम, मनिपुर र त्रिपुरा छन् । नेपालको दोस्रो खेल त्रिपुरासँग २१ तारिखमा हुनेछ ।

प्रतियोगिताका समुह विजेता र उपविजेताले दोस्रो चरणमा प्रवेश गर्ने छन् । प्रतियोगिताको फाईनल खेल २८ तारिका हुनेछ ।

नेपाली टोली (प्लेइङ–११)

गोलकिपर : सोजित गुरुङ
डिफेण्डर : राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, छिरिङ गुरुङ (कप्तान)
मिडफिल्डर : अनिल महर्जन, अरिक विष्ट, नितिन थापा, अभिषेक रिजाल
फरवार्ड : रेजिन सुब्बा, राजिव लोप्चन

सब्स्टीचयुट खेलाडी

विष्णु कुमार केसी, सुर्य अधिकारी, गौतम श्रेष्ठ, रणदिप पौडेल, मनिस थापा, सिशिर लेखी
धिरज श्रेष्ठ, प्रेजन तामाङ

२०७५ फाल्गुन ८, बुधबार मा प्रकाशित