फाइनल प्रवेशका लागि अत्तरियाले काठमाडौंलाई दियो १ सय ११ रनको लक्ष्य

धनगढी–दिपेन्द्र ऐरीको कप्तानिमा रहेको सिवाइसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई १ सय ११ रनको लक्ष्य दिएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भइरहेको क्वालिफाएरको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय १० रन पुरा गरेको हो ।

अत्तरियाका लागि कप्तान दिपेन्द्र ऐरीले सर्वाधिक ३३ रनको योगदान दिए । ३४ बल खेलेका ऐरीले ४ चौकाको मद्दतमा ३३ रन जोड्न सफल भएका हुन् ।

त्यस्तै सन्नी पटेलले २८ रन बनाउन सफल भए । उनले २४ बलमा १ चौका र २ छक्काको मद्दतमा २८ रन जोड्न सफल भएका हुन् ।

अत्तरियाका लागि सुबेन्दु पाण्डेले १६ रन जोड्न सफल भए । उनले २७ बलमा १ चौकाको सहयोगमा १६ रन जोड्न सफल भएका हुन् ।
जयकिशान कोल्सावालाले १३ रन जोड्दा त्यस बाहाएका ब्याट्म्यानले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ अंकित दवास र सुर्य तामाङले समान २–२ विकेट लिए । त्यस्तै योगेन्द्र कार्की र रसिद खानले समान १–१ विकेट लिए ।

दुबै टोली बिचको बिजेताले फाइनलमा स्थान बनाउने छ ।

२०७५ फाल्गुन ८, बुधबार मा प्रकाशित