अत्तरिया डीपीएल–३ को फाइनलमा

धनगढी–दिपेन्द्र ऐरीको कप्तानिमा रहेको सिवाइसी अत्तरिया जारि तेस्रो संस्करणको रुस्लान डीपीएलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको क्वालिफाएको पहिलो खेलमा काठमाडौं गोल्डेन्सलाई ४१ रनले हराउदै अत्तरियाले फाइनलमा स्थान बनाएको हो ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय १० रन पुरा गरेको थियो ।

अत्तरियाले दिएको १ सय ११ रनको लक्ष्य पछा्ृउने क्रममा काठमाडौंले १८ दशमलव ३ ओभरमा पुरै विकेट गुमाएर मात्र ६९ रनमा समेटियो । काठमाडौंका लागि गौरव तोमरले सर्वाधिक २६ रनको योगदान गरे । २७ बल खेलेका उनले २ चौका र १ छक्काको मद्दतमा २६ रन पुरा गरे ।

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्र कार्कीले समान ११–११ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् ।
बलिङतर्फ अत्तरियका लागि सन्नी पटेलले सर्वाधिक ३ विकेट दिए । त्यस्तै कमल ऐरील र भुवन कार्कीले समान २–२ लिदा कप्तान दिपेन्द्र ऐरी १ विकेट लिए ।

यस अघि बलिङतर्फ अत्तरियाका लागि कप्तान दिपेन्द्र ऐरीले सर्वाधिक ३३ रनको योगदान दिए । ३४ बल खेलेका ऐरीले ४ चौकाको मद्दतमा ३३ रन जोड्न सफल भएका हुन् ।

त्यस्तै सन्नी पटेलले २८ रन बनाउन सफल भए । उनले २४ बलमा १ चौका र २ छक्काको मद्दतमा २८ रन जोड्न सफल भएका हुन् । अत्तरियाका लागि सुबेन्दु पाण्डेले १६ रन जोड्न सफल भए । उनले २७ बलमा १ चौकाको सहयोगमा १६ रन जोड्न सफल भएका हुन् ।

जयकिशान कोल्सावालाले १३ रन जोड्दा त्यस बाहाएका ब्याट्म्यानले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ अंकित दवास र सुर्य तामाङले समान २–२ विकेट लिए । त्यस्तै योगेन्द्र कार्की र रसिद खानले समान १–१ विकेट लिए ।

२०७५ फाल्गुन ८, बुधबार मा प्रकाशित

Leave a Comment