नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान बिहीबार नेपाल आउने

काठमाडौँ–नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कलिन बिहीबार नेपाल आउने भएका छन्। उनलाई गत माघ ३ गते अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

कालिन बिहीबार दिउँसो नेपाल आइपुग्नेछन् एन्फाले जानकारी दिएको छ। उनलाई दुई वर्षका लागि एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

सम्झौताअनुसार उनले २०१९ मार्च १ बाट २०२१ फेब्रुअरी २८ सम्म नेपाली टोलीको नेतृत्व गर्नेछन्।

यस अघिका जापानी प्रशिक्षक ग्यातुको कोजी प्रवेशाज्ञाका कारण नेपाल आउन नपाउने भएपछि एन्फाले नयाँ प्रशिक्षक नियुक्तीको प्रक्रिया अघि बढाएको थियो।

किलनले २०७० सालमा ‘ए’ डिभिजन क्लब मछिन्द्रको मुख्य प्रशिक्षकको रूपमा काम गरेका थिए। योहानको नेतृत्वमा मछिन्द्रले उक्त वर्षको ‘ए’ डिभिजन लिग दोस्रो स्थानमा रहेर समाप्त गरेको थियो।

कलिनले स्वीडेनको तेस्रो डिभिजन क्लबबाट व्यावसायिक प्रशिक्षण शुरु गरेका थिए।

२०७५ फाल्गुन ८, बुधबार मा प्रकाशित

Leave a Comment