नेपालको युवा टोली पहिलो खेलमा पराजित

काठमाडौँ–एन्फाको युवा फुटबल टिम भारतको गुहावतीमा भइरहेको क्षेत्रिय प्रतियोगिताको पहिलो खेलमा पराजित भएको छ। डा ता आओ (यू–२१) गोल्डकपमा नेपालको एन्फा यू–२१ टोली भारतको मेघालय टिमसँग ३–२ ले पराजित भएको हो।

एलएनआइपिइ स्टेडियममा भएको खेलमा मेघालयले शुरुवाति अग्रता बनाएको थियो । रोवर्ट कोङले १५ औँ मिनेटमा मेघालयको लागि पहिलो गोल गरेका थिए। खेलको ३८ औँ मिनेटमा नेपालका रेजिन सुब्बाले गोल गर्दै पहिलो हाफ बराबरीमा पुगाए।

नेपालका लागि त्यो अग्रता लामो समय टिकेन । मेघालयले खेलको ७६ औँ मिनेटमा शाइबोर नोनग्रमले गोल गर्दै अग्रता दिलाए। इन्जुरी टाइममा फिगो सिन्डियाले गोल गर्दै मेघालयलाई ३–१ को अग्रता दिलाएका थिए।

त्यसपछि नेपाली टोलीले पेनाल्टी पायो र प्रेजन तामाङले गोल गरे। तर त्यो नेपालको लागि हार टार्नका लागि ढिला भइसकेको थियो।

पुल बी मा रहेको नेपालले बिहीवार त्रिपुरासँग खेल्नेछ। पुल बी मा कूल ६ टिम छ भने पुल ए मा ५ टिम छ।

२०७५ फाल्गुन ८, बुधबार मा प्रकाशित