थ्री स्टार दोर्जी वाङ्चुक मेमोरियल गोल्डकपको फाइनलमा

काठमाडौँ–नेपालको ए डिभिजन क्लब थ्री स्टार क्लब भुटानमा भइरहेको जिग्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

बुधवार भएको दोस्रो सेमिफाइनल खेलमा मा थ्री स्टारले युनाइटेड ब्रदर्थलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
थ्री स्टारलाई जित दिलाउन लागि दिनेश रामजवंशी, रन्जन विष्ट र बुद्ध चेम्जोङले गोल गरे ।

खेलको २४औँ मिनेटमा दिनेश र २८औँ मिनेटमा रन्जन विष्टले गोल गरेका थिए। त्यस्तै ३९औँ मिनेटमा युनाइटेड ब्रदर्सका बिशिष्ठ सुब्बाले गोल गर्दै गोलअन्तर कम पारे।

थ्री स्टारका लागि खेलको ८२औँ मिनेटमा बुद्ध चेम्जोङले गोल गरेपछि थ्री स्टारले ३–१ को अग्रता बनायो। निकैनै रोमाञ्चक खेकलो इन्जुरी समयमा ब्रदर्सले पेनाल्टीबाट गरे पनि जित भने निकाल्न सकेन ।

थ्री स्टारले अब उपाधिका लागि परो एफसीसँग खेल्नेछ। पारोले मंगलवार भएको पहिलो सेमिफाइनलमा नेपालकै त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो।

नेपालका युवा गोलकिपर अर्पण कार्की पारो एफसीबाट खेलिरहेका छन्।

२०७५ फाल्गुन ८, बुधबार मा प्रकाशित

Leave a Comment