च्याम्पियन्स लिग : साल्केविरुद्ध सिटीको जित

एजेन्सी–च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो खेलमा लेगमा जित निकालेको छ। म्यान्चेष्टर सिटिले शाल्केलाई ३–२ गोल अन्तरले हराएको हो। सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले सुरुवाति अग्रता दिलाएका थिए। उनले खेलको १८ औं मिनेटमा गोेल गर्दै सिटीलाई पहिलो सफलता दिलाएका थिए।

शाल्केको घरेलु मैदानमा भएको खेलमा सिटी १० खेलाडीमा सिमित भएको थियो । खेलको ६८ औं मिनेटमा निकोलस ओटामेन्डीले दुई पहेलो कार्ड खाएर कार्ड पाउँदा सिटी १० खेलाडीमा समेटिएको थियो ।

सिटीको पहिलो अग्रता धेरै समय टिकेन खेलको ३८ औं मिनेटमा शाल्केका बेन्टालेबले पेनाल्टीमा गोल गरेर खेल १–१ को बराबरीमा पुगाए। खेलको ४५ औं मिनेटमा पुन बेन्टालेबले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै शाल्केलाइ २–१ को अग्रता दिलाए।

यता सिटीका लागि लोरी सानेले गोल गर्दै खेल २–२ को अवस्थामा पुगाए। रहिम स्ट्रलिङले एक गोल गरे। उनले खेलको ९० औं मिनेटमा गोल गर्दै सिटीलाई ३–२ को जित दिलाए ।


जितसंगै सिटीले लिगको अन्तिम आठमा स्थान बनाउने सम्भावना बलियो बनेको छ ।

२०७५ फाल्गुन ९, बिहीबार मा प्रकाशित

Leave a Comment