युभेन्टस एथ्लेटिको मड्रिडसंग पराजित

एजेन्सी–च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टसले हार ब्यहोर्यको छ ।

बुधबार राति एथ्लेटिकोको घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई २–० गोल अन्तरले हाराएको हो ।

पहिलो हाफ बराबरिमा सकिएको खेलमा एथ्लेटिकोले दुबै गोल दोस्रो हाफमा गरेको थियो । एथ्लेटिकोका लागि जोसे जिमिनेजले पहिलो सफलता दिलाएका थिए । उनले खेलको ७८ औँ मिनटमा गोल गरेका थिए ।

यस अघि खेलको ७१ औँ मिनेटमा युभेन्टसले गोल गरेपनि भीएआरले मान्यता दिएन । त्यस्तै खेलको ८३ औं मिनेटमा कप्तान डिएगो गोडीनले गोल गर्दै एथ्लेटिकोलाई दोस्रो सफलता दिलाएका थिए ।

निकैनै रोमाञ्चक बनेको खेलमा युभेन्टसले गोल गर्ने प्रयास गरे पनि सफल भने हुन सकेन । योसंगै एथ्लेटिकोले पहिलो लेगमा दुई गोल गर्दै दोस्रो लेगमा आफुलाई बलियो सावित गरेको छ ।

अव दोस्रो लेग युभेन्टसको घरेलु मैदानमा मार्च १३ मा हुनेछ ।

२०७५ फाल्गुन ९, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment