नेपाल थाइल्याण्डसंग ५७ रनले पराजित

काठमाडौं–नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा थाइल्याण्डसंग पराजित भएको छ ।  नेपाल ५७ रनले पराजित भएको हो ।

१ सय २५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओरभ खेल्दै ८ विकेट गुमाएर मात्र ५७ रन बनाउन सक्यो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक २९ रन जोडीन । उनले ४४ बल खेल्दै एक चौकाको मद्दतमा २९ रन जोडीन् ।

त्यस्तै कप्तान रुविना श्रेत्री बेलवासीले १८ जोडी । अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डको राष्ट्रिय महिला क्रिकेट टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २४ रनको योगफल तयार गरेको थियो  ।

घरेलु टोली थाइल्याण्डका लागि चनिदा सुत्थीरुआंगले सर्वाधिक ३५ रनको योगदान गरिन् । नरुईमोल चाईवाईले ३२ रनको योगदान गर्दा नट्टाया बुचाथमले १२ लिङप्रासर्टले २८ रन बनाउन सफल भईन।

बलिङतर्फ नेपालकी कविता कुँवर र नेरी थापाले समान २–२ विकट लिए । त्यस्तै कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले पनि समान १–१ विकेट लिए ।

नेपालका लागि बलियो टोली मानिएको थाइल्याण्डले गत महिना वुमन्स टी–२० स्म्यास प्रतियोगितामा नेपाललाई ९ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो ।

राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

नेपालले युएईसंग फेब्रुअरी २२ मा खेल्नेछ । त्यस्तै हङकङसंग २४ फेब्रुअरीमा, चीनसंग फेब्रुअरी २५ मा र अन्तिम खेलमा कुवेतसंग फेब्रुअरी २७ मा खेल्नेछ ।

२०७५ फाल्गुन ९, बिहीबार मा प्रकाशित